सशस्त्र प्रहरी बल द्धारा स्थायी पदपूर्तिका लागि आवेदन माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २९ गते।  

सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ ।

भर्ना तथा छनोट शाखा, हल चोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी आज (शुक्रबार) सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *