लोकसेवा आयोगले माग्यो ठुलो सङ्ख्यामा शाखा अधिकृत

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर २७ गते।

लोकसेवा आयोगले माग्यो ठुलो सङ्ख्यामा शाखा अधिकृत वा सो सरह पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आज मंसिर २७ गते मंगलबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको हो ।

सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खोलिएको छ । 

दरखास्त दिने अन्तिम मिति पुस १७ गते सम्म तोकिएको छ । दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *