धनुषामा दासको हत्या गरेको आरोपमा तीनजना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २१ गते।

धनुषामा हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पुस ९ गते धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धनुखधारी दासको हत्या गरेको आरोपमा पक्राउ परेका तीनजनालाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

दासको आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो । मोटर साईकलमा सवार भई आएका २ जना अपरिचित व्यक्तिहरुले निज दासलाई गोली प्रहार गरी बोडरको बाटो हुँदै भागी फरार भएको थियो।

प्रहरीले पक्राउ परेका मृतकका छोरा मुखियापट्टी मुसहरनियाँ २ का २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईँ प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त प्रहरी हवलदार महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराईन नगरपालिका २ जटहीका २१ वर्षीय रंजित कुमार यादवलाई सार्वजनिक गरेको छ ।

दुई बिहे गरेका धनुखधारीका जेठी श्रीमतीका छोरा र ज्वाईँले घरायसी विवादमा ५ लाख रुपैयाँमा सुटर ल्याएर उनको हत्या गराएको प्रहरीबाट खुलेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *