अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २९ गते।
मधेस प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको छ।
सोमबार जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले सार्वजनिक बिदा दिएको छ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
मधेस सरकारले राजपत्रमै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने प्रकाशित गरेको छ।