अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ २९ गते।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् ।
झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लागेका हुन्।
ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
ओली भोलि काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।