मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुग्दै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १३ गते।

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुग्दै छ ।

पाँचौ दिन जलेश्वर पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि महोत्तरी गाउँपालिका स्थित मडैको लागि प्रस्थान गरेका हुन् ।

परिक्रमाको टोली मडै पुगेपछि  आज त्यहाँ  भव्य मेला लाग्ने छ ।

मडैबाट परिक्रमा टोली हिँडेपछि भोली दिउँसो ध्रुवकुण्ड पुग्छन् । त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुनको औंशीदेखि सुरु भइ पूर्णिमासम्म नेपाल र भारतको गरी १ सय २८ किलोमिटरको दूरी तय गर्दै पुनः जनकपुरधाम पुगेर समापन हुने गरेको छ ।

परिक्रमामा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *