अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १३ गते।
राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ ।
मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म समय तोकिएको छ ।
राष्ट्रपति निर्वाचन आगामी २५ गते हुँदैछ । यही फागुन २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिने भएपछि त्यसअघि निर्वाचन गर्न लागिएको हो ।