जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा २३ जना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र २१ गते। 

जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा २३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *