अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २० गते।
आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ।
मुम्बई इन्डियन्सले बैंग्लोरलाई जितका लागि १७२ रनको लक्ष्य दिइएको थियो ।
डु प्लेसिस आक्रामक थिए र चौका र छक्कामा मात्रै रन बनाइरहेका थिए । कोहली पनि उनीभन्दा पछि रहन तयार थिएनन् । दुबैले ५.३ ओभरमा ५० रन र १०.३ ओभरमा १०० रन पुरा गरे । डु प्लेसिसले २९ बलमा अर्धशतक बनाए भने विराट कोहलीले ३८ बल खेलेर ५० रन बनाएका थिए । यो उनको आईपीएलमा ५० औँ अर्धशतक हो ।
अरशद खानले १५ औं ओभरमा मुम्बई इन्डियन्सलाई पहिलो सफलता दिलाए । उनले डुप्लेसिस (७३ रन) लाई आउट गरे । त्यसपछि दिनेश कार्तिक खाता नखोल्दै क्यामरुन ग्रीनको शिकार बने । ग्लेन म्याक्सवेल तीन बलमा १२ रन बनाएर अविजित रहे । विराट कोहलीले १७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे । विराट कोहलीले ४९ बलको इनिङ्समा ६ चौका र ५ छक्का प्रहार गरे ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
२० वर्षीय युवा ब्याट्सम्यान तिलक वर्माले मुम्बई इन्डियन्सलाई यो स्कोरमा पुर्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले। ४६ बलमा अविजित ८४ रन बनाएका तिलक वर्मा क्रिजमा आउँदा मुम्बई इन्डियन्सको टिमको स्कोर तीन विकेटमा २० रन थियो ।