अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,भदौ २९ गते।
घुमुवा प्रहरी हो भनि धाकधम्की दिई नगद लुटपाट गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव रहेका छन् भने एक जना फरार रेहेका छन् ।
धनुषा विदेह न.पा.३ चिकना स्थित भित्री सडक खण्डमा मैनाथपुरबाट ज ७ प ६०८६ नं.को मोटरसाइकलमा सवार अमरेश कुमार यादव र फरार रहेका अन्य एक जनाले आफूलाई घुमुवा प्रहरी हुँ भनेर धाक धम्की देखाइ यात्रुहरुसंग ४ हजार रुपैयाँ नगद लुटेर भागेका थिए ।
धनुषाबाट खटिएको प्रहरी टोलिले अमरेश कुमार यादवलाई पक्राउ गरेको छ ।
पक्राउ परेका यादवमाथि अनुसन्धान पक्रिया अगाडि बढाइएको छ भने फरार रहेका अन्य एक जना व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।