विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २८ गते।

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ ।

त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मक रुप धारण गरेका कलाकारहरुलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ।

मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको रामयणमा उल्लेख छ।
सोही पौराणिक कथनको आधारमा विवाहपञ्चमी महोत्सवमा तेस्रो दिन धनुष यज्ञ गरिन्छ।

विवाहपञ्चमी महोत्सव अन्तरगत भोलि चौथो दिन तीलकोत्सव, पाँचौँ दिन मङ्सिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन आगामी पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *