सीताराम विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर २९ गते।

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ ।

आज तिल्कोत्सव गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए । त्रेता युगमा राजा जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।

उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् । जसलाई मिथिलाञ्चलमा सम्धी मिलन भनिन्छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेश्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको छ । भोलि पाँचौ दिन शनिबार राम र जानकीको मटकोर, मुख्यदिन आइतबार जानकी र भगवान रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *