अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १ गते।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स विमान दुर्घटना भएको छ ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो ।
विमान पोखरा विमानस्थल नजिकैको डाँडामा ठोक्किएको हो ।
घटनास्थलमा उद्धार कार्य जारी छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको हो।