अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ७ गते।
सोनाम ल्होछारको अवसरमा पर्साको ठोरी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
पालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा माघ ७ गतेदेखि ९ गते सम्म विदा दिने निर्णय गरेको हो ।
तामाङ समुदायले लिखित रूपमै बिदाको माग गरेकोले तीन दिनसम्म बिदा दिने निर्णय भएको ठोरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले जानकारी दिए ।