अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ६ गते।
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
संसद सचिवालयको तालिका अनुसार प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज १ बजेपछि निर्वाचन हुने भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।