अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ८ गते।
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ ।
हत्या गरेको आरोपमा दुई नेपालीसहित पाँचजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताएका छन् । भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशङ्कामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
मृतक दुवैजना एकै परिवारका हुन् ।
रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरवाट फोन आइरहेको थियो । सुरुमा २० लाख मागेको थियो । अपहरणकारीले विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरूले बताएका छन् ।
घटनाका बारेमा विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।