अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ८ गते।
माघ शुक्ल प्रतिपदाका दिन मनाउने तामाङ समुदायले आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै छ।
आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा वर्षलाई विभाजन गरिएको हुन्छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।