सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ८ गते।

सुर्खेतको वीरेन्द्रनगर -११ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।

जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही दुर्घटनामा घाइते भएका छन् ।  जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *