अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ७ गते।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।
जनता क्रिकेट पार्क मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो।
प्रदेश–१ ले दिएको एक सय दुई रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य भेट्टाएको थियो। सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन बनाइन्। डोली भट्टले २२, कविता जोशी १९ र कविता कुँवरले १२ रन बनाए। बलिङमा प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो। प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाए। अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोडे।