आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १० गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिम नेपालमा बढी बदली भएर वर्षा तथा हिमपातकाे सम्भावना देखिएकाे छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि छ ।

आज राति पनि ती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जनसहित हल्का वर्षा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *