अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ११ गते।
देशभरका क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न सरकारले दियो आगामी असार मसान्तसम्मको समय दिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले क्रसर उद्योगहरुलाई मापदण्ड पुरा गर्न आगामी असार मसान्तसम्मको समयसीमा दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार क्रसर उद्योग सञ्चालनमा नआए विकास निर्माणमा प्रभाव पार्ने भएकाले अवैध क्रसर उद्योगलाई बन्द गर्ने तर दर्ता भएर पनि कर तिरेका छैनन् भने सर्तसहित सञ्चालन गर्न दिइने निर्णय भएको हो।
अहिले दर्ता नभई सञ्चालित देशभरका क्रसर उद्योग गृह मन्त्रालयको निर्देशनमा बन्द भएका छन् ।