अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ११ गते।
कर्णालीका नवनियुक्त चार जना मन्त्रीहरूले आज पद तथा गोपनीयता शपथ लिएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै नेकपा माओवादी केन्द्रका कृष्णबहादुर जिसीलाई आन्तरिक मामिला तथा योजना मन्त्री र भीमप्रकाश शर्मालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।
त्यस्तै एमालेका टेकराज पछाईलाई सामाजिक विकास मन्त्री र जीतबहादुर मल्ललाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएका राजकुमार शर्माले आज मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् ।