अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ ११ गते।
संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको आज निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको थियो ।
इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए।
आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुराकानी गरेकी थिइन् ।
आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै मृत्युको बाटो रोजेको बताएका थिए ।