जनकपुरधामबाट लागुऔषधसहित चारजना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ १३ गते।

जनकपुरधामबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई प्रहरीले जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रदेश २०२–००१ स ०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज६प १७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे छन् ।

त्यस्तै, नगराइन नगरपालिका–७ का ज११प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले जानकारी दिए।

जुटको बोरामा १० वटा कार्टुनमा राखेर अटोमा पीडारीचोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागुऔषध ४९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनीहरूले प्रयोग गरेको अटो रिक्सा र मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *