अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,माघ २६ गते।
वीरगन्जमा स्रोत नखुलेको १८ लाख रूपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।
भारतको बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका वडा नं ११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार पक्राउ गरेका हुन् ।
भारतीय नम्बर प्लेटका दुइटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रूपैयाँ बरामद भएको हो।
उनीहरुले हेल्मेटमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम भेटिएको र स्रोत खुलाउन नसकेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्टले जानकारी दिए ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।