अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।
आज रामनवमी पर्व, मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरि जनकपुरधामसहित देशभर मनाइँदैछ ।
हिन्दू धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथीमा पर्ने आजको दिनलाई भगवान् श्रीरामको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्री रामका साथै नवदुर्गा देवीको पनि पूजा हुन्छ ।
त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मनु भएका श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जन कल्याण गरेको सम्झनामा यो पर्व मनाइने गरिएको हो ।
चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रधालु भक्तजनको घुइँचो लागेको छ । रामनवमीको अवसरमा जानकी मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरको छ ।