आज चैते दशैं पर्व मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।

प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै छन् ।

यस दिनमा दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइनुका साथै देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरी चैते दशैँ पर्वलाई मनाइन्छ । परिवारका सम्पूर्ण सदस्यहरु भेलाभई मिष्ठान्न परिकार बनाएर खाई यस पर्वलाई रमाइलो गरी मनाइने चलन छ ।

छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन पनि रहेको छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *