सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ। ​

बैठक बिहान ९ बजेका लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो।

दलहरुले आकर्षक मन्त्रालयमा आ आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।

बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले ३/३ मन्त्रालयमा दाबी पेस गरेका छन्। त्यस्तै, लोसपाले २ मन्त्रालय दाबी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने अडानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *