अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र १८ गते।
रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन्। नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए।
आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ।