मिथिला समाज सेवा समितिका नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत्र १८ गते

मिथिला समाज सेवा समितिको शनिवार एक कार्यक्रमका बिच नयाँ कार्यसमितिले शपथ ग्रहण गरेका छन्

धनुषा जिल्लाको अग्रणी सामाजिक संस्था मिथिला समाज सेवा समितिको शनिवार एक कार्यक्रमका बिच नयाँ कार्यसमितिको शपथ ग्रहण समारोह तथा प्रमाण पत्र वितरण गरिएको छ ।


जनकपुरधाम वडा न १० जानकी चौक स्थित मिथिला समाज सेवा समितिको सभा हालमा कार्यक्रम संयोजक  जिवछ भगतको अध्यक्षतामा भएको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोहमा श्री श्री १०८  महामण्डलेश्वर जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव प्रमुख अथिति रहेका थिए।

निर्वाचन संयोजक प्रदीप साहको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष जितेन्द्र प्रसाद साह हलुवाई तथा अन्य पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराएर प्रमाण पत्र वितरणका साथै पदस्थापन गराएका छन् ।

“सेवा नै धर्म हो” आफ्नो मुलमन्त्रका साथ लावारिश लाशलाई निशुल्क व्यस्थापन गर्दै आएका मिथिला समाज सेवा समिति धनुषाको सबै भन्दा पुरानो सामाजिक संस्था हो। हाल समितिको पहिचान विभिन्न सामाजिक कार्यमा योगदान रहेको बर्तमान अध्यक्ष जितेन्द्र प्रसाद साह हलुवाईले बताएको छ, भने  आगामी दिनमा पनि रहने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *