उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ७ गते।

आज रातिबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

वैशाख १० गते आइतबार चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । चुनावी प्रयोजनका लागि भोलिबाट कुनै पनि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज अन्तिम चुनावी सभा आयोजना गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *