अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १८ गते।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।
नेपालमा अझैँ तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई पानी परिरहेको हो ।
आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौंमा दिउँसो ११र१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए। आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उनले बताए। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ। भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले जानकारी दिए।