अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २७ गते।
दैलेखको आठबिस नगरपालिकाको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना घाइते भएका छन् ।
१२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई हेलिकप्टरबाट उद्धारका गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिने भएको छ ।
आठबिस नगरपालिकाका उपप्रमुखका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले जानकारी दिइन् ।