आईपीएलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २८ गते।

आईपीएलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए ।

चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए ।

चेन्नाईका लागि शिभम दुबेले १२ बलमा सर्वाधिक २५ रन बनाए । ओपनर रुतुराज गाएकवार्डले १८ बलमा २४ रन जोडे । यस्तै अम्बाती राएडुले १७ बलमा २३ तथा रविन्द्र जडेजाले १६ बलमा २१ रन बनाए ।

अजिन्का रहानेले पनि २१ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा अविजित २० रन जोडे ।

दिल्लीका मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए । अलिल अहमेद, ललित यादव र कुलदिप यादवले समान १ विकेट लिए ।

१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *