अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ १८ गते।
अत्याधिक गर्मी बढेपछी जनकपुरधाम उपमहानगरका बिद्यालयहरुमा एकसाताका लागि बिदा दिने निर्णय गरिएको छ ।
गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनगर गर्दै भोलिदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
जेठ १९ देखि २६ गतेसम्मका लागि विद्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ ।