अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ १८ गते।
देशभरि गर्मी अझै बढ्ने सम्भावना देखिएको हो ।
‘यस वर्ष समयमै मनसुन भित्रिने सम्भावना छैन । अहिलेसम्म भारतमा मनसुन सुरु भएको छैन । भारतमा नआउँदा नेपालमा मनसुन आउने कुरै भएन,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्,पानी पर्ने बादल नलाग्दासम्म स्वतः गर्मी बढिहाल्छ । त्यसो हुँदा हाल भइरहेको तापक्रम अझै बढ्दै जान्छ ।
पश्चिमी वायु र प्रि–मनसुनको प्रभाव कम हुँदै जान थालेपछि तराईमा गर्मी बढ्न थालेको छ । गर्मीले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै घर बाहिर काम गर्ने श्रमिकहरुलाई सकस परेको छ । अहिले तराईका भैरहवा, नेपालगञ्ज, सिमरा, जनकपुर, विराटनगर, धनगढी लगायत क्षेत्रमा गर्मी अत्यधिक बढेको छ ।