अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २२ गते।
तापक्रम उकालो लागेपछि देशभरको अधिकांश भेगको जनजीवन प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ।
गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ।
दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ।
यसपालि मनसुन पनि ढिला सुरू हुने मौसम पूर्वानुमान महाशाखाले बताए। यसपालि जहाँबाट मनसुन भित्रने हो, त्यहाँ नै मनसुन सुरू भएको छैन।