अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २१ गते।
अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ ।
नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।
हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए ।