अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २० गते।
भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
गाडीबाट खसेर घाइते भएकी ती महिलाको पहिचान हुन नसकेको र डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।
गाडी चालक ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रजित केसीले बताए ।