प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २० गते।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।

यही जेठ १७ गते भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल विभिन्न महत्त्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन्।

प्रधानमन्त्री दाहाल शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन्। उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन्। दिल्लीबाट दिउँसो साढे ४ बजे नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *