अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३२ गते।
असार १ गतेदेखि भदौ मसान्त सम्म सडक खन्न नपाइने भएको छ।
सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।
वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको भनाइ छ।