अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १ गते।
६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।
कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो बिहीबार नै अध्यादेशमार्फत बजेट ल्याइएको छ । बाँकी ६ वटै प्रदेशले बजेट लेखनलाई अन्तिम रूप दिएका छन् । त्यसलाई मन्त्रिपरिषदबाट पास गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ ।