भूम्या पर्वको अवसरमा लुम्बिनीका तीन जिल्लामा आज सार्वजनिक बिदा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार १ गते।

भूम्या पर्वको अवसरमा लुम्बिनीका तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको हो।

मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ।

वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *