नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा पुनः सडक अवरुद्ध

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १६ गते।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा पुनः सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *