रौतहटमा भाला प्रहारबाट एक युवक घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १४ गते।

रौतहटमा भाला प्रहारबाट एक युवक घाइते भएका हुन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका-८ का २६ वर्षीय शम्भु राम भाला प्रहारबाट घाइते भएका हुन् ।

शनिबार साँझ ७ बजेतिर पुरानो रिसइवीको कारण स्थानीय १८ वर्षीय सदरे आलमले राममाथि भाला प्रहार गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । दायाँ कोखामा भाला लागेर राम घाइते भएका छन् ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *