अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २२ गते।
दार्चुलाबाट ६ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनीहरुको साथबाट प्रहरीले छ किलो एक सय ग्राम चरेस बरामद गरेको छ ।
दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।