दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।

दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ ।

असार ३ गते स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा  लगाएको ताला आज शुक्रबार खुलेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । आफूहरुले राखेको माग पुरा भएपछि ताला खोलिएको स्वयुका अध्यक्ष हेमन्त वञ्जाडेले बताए ।

विश्वविद्यालयको सेवा आयोगमा लागेको ताला भने अझै खुलेका छैन । नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते  ताला लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *