अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २६ गते।
आन्दोलन स्थगित भएसँगै आइतबारदेखि विद्यालय बन्द नहुने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए ।
शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् ।
बुधबार प्याब्सन, हिसान र नेसनल प्याब्सनले पत्रकार सम्मेलन गरेर चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो । शिक्षा विधेयक नसच्याए आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका थिए ।