अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १४ गते।
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
टोपे खोलामा आज बिहान खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक बन्द भएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भएको छ । पहिरो पन्छाउन मेशिन घटना स्थलतर्फ जाँदै गरेको सडक डिभिजनले जानकारी दिएको छ ।
सडक दुईतर्फी रुपमा सञ्चालनमा आउन करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ ।