अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १४ गते।
काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।
भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि काठमाडौं महानगरले सार्वजनिक बिदा दिएको हो।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

सो बिदा महानगरपालिका क्षेत्रभित्र, महानगरपालिका मातहतका निकायमा मात्रै लागू हुनेछ ।